कांग्रेस सांसद चन्द्र भण्डारी बोल्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कांग्रेस सांसद चन्द्र भण्डारी बोल्न थाले

काठमाडौं, १० फागुन । खाना पकाउने ग्यास विस्फोट भएर आगलागीमा परी गम्भिर घाइते भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै आएको छ । आगोलागीबाट ३० प्रतिशत शरीर जलेको भण्डारीको एण्टीबायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको हो ।

अहिले उनका पारामिटरहरु नर्मल रहेका छन् । भण्डारी बोल्न पनि थालेका छन् । उनीसँगै उपचारमा रहेका योगराज कडेंलले आफूलाई बोलाएर मास्क र हात खुट्टाको पट्टी हटाउन लगाएको फेसबुकमार्फत जानकारी गराएका छन् । गत बुधबार राति शंखमुलस्थित निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर भण्डारी र उनकी आमा हरिकला गम्भिर घाइते भएका थिए ।

उपचारको क्रममा आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा निभन भएको थियो । चन्द्र भण्डारीलार्ए थप उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);