सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सबाट मुम्बई लैजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सबाट मुम्बई लैजाने

काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यासको सिलिन्डर विस्फोट हुँदा गम्भिर घाइते भएका डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिने भएको छ । आज दिउँसो २ बजेपछि सो एयरलाइन्समार्फत भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने भएको हो ।

ग्यास विस्फोटमा परी भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भिर घाइते भएका थिए । आमाको उपचारको क्रममा आज बिहान साढे १० बजे बर्न अस्पतालमा मृत्यु भइसकेको छ ।

भण्डारीको कम्मरदेखि तलको भागसमेत शरिरको करिब २५ प्रतिशत भाग जलेको बताइएको छ । भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको अस्पतालले जनाएको थियो ।

आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको आशंका गरिएको छ । खाना खाएर सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);