चन्द्र भण्डारीलाई मुम्बई लगियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

चन्द्र भण्डारीलाई मुम्बई लगियो

काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यासको सिलिन्डर विस्फोट हुँदा गम्भिर घाइते भएका डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ ।

भण्डारीलाई एयर एम्बुलेन्स मार्फत भारत लग्न क्रितिपुर अस्पतालबाट एयरपोर्ट लगिएको छ ।

मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने भएको हो । ग्यास विस्फोटमा परी भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भिर घाइते भएका थिए । आमाको उपचारको क्रममा आज बिहान साढे १० बजे बर्न अस्पतालमा मृत्यु भइसकेको छ ।

भण्डारीको कम्मरदेखि तलको भागसमेत शरिरको करिब २५ प्रतिशत भाग जलेको बताइएको छ ।
आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको आशंका गरिएको छ । खाना खाएर सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);