राष्ट्रपतिमा निर्णायक शक्ति बनेपछि प्रचण्डमाथि चौतर्फी दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपतिमा निर्णायक शक्ति बनेपछि प्रचण्डमाथि चौतर्फी दबाब

काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता नजिकिदै गर्दा आन्तरिक र बाह्य सक्रियता बढेको छ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।

भेटमा सत्ता गठबन्धन जोगाएर राष्ट्रपतिको साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको बुझिएको छ । ओलीले विभिन्न विकल्पसहित प्रस्ताव राखेर छलफल गरेपनि प्रचण्ड तयार नभएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।

ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु अघि नै चिनियाँ राजदूत चेन सेङ पुगेर भेटेका थिए । चेन राष्ट्रपतिमा कम्युनिस्ट पार्टीबाटै बन्ने गरी दबाब सृजना गर्दै आएका छन् । उनले केही दिन अघि पनि प्रचंड र ओलीबीच भेट हुनु अघि निवासमै पुगेर ओलीलाई भेटेका थिए ।

प्रचण्ड नेपाली काँग्रेसलाई राष्ट्रपति दिने पक्षमा छन् । उनले काँग्रेससँग गरेको भित्री सहमतिको खुलासा भइसकेको छ । तर, प्रचण्डमाथि काँग्रेसलाई नभई अहिलेकै गठबंधनलाई जोगाएर राष्ट्रपतिमा सहमति निकाल्न चिनियाँ पक्षबाट दबाब बढ्दै गएको छ । यसका लागि माधव नेपाललाई समेत संलग्न गराउन खोजिएको छ ।

ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन छलफल गरिसकेका छन् । सोमबार साँझ नेता नेपाललाई भेटेको खुलिसकेको छ । नेपालले ओलीसँगको भेटको भित्री कुरा खुलाइनहाल्ने बताए । उनले मंगलबार सार्वजनिक रुपमै यसबारे कुरा नखोल्ने बताए ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);