ली चान्सुले ओली र प्रचण्डलाई भेटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ली चान्सुले ओली र प्रचण्डलाई भेटे

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि उनले मंगलबार बिहान चान्सुले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए ।

नेपाल आएलगत्तै सोमबार साँझ चान्सुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);