राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्री ओलीसंग अस्पतालमा भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्री ओलीसंग अस्पतालमा भेट

oli hospital bidhya vet

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गर्नु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक अरुण सायमीले बिहीबार प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने हुनुभएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताउनुभयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बिहीबार बेलुका त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नुभएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);