उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी

upa nirwachan

काठमाडौं, १३ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग गरेका छन्।

तुम्बहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने प्रस्ताव असफल भएसँगै सभामुख बन्ने सम्भावना बढ्दै गएको नेकपाका एक नेताले बताए।संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त भए पनि सभामुखको अनुस्थितिमा उपसभामुखले संसद् सञ्चालन गर्ने कानुनी प्रावधान रहेकाले उपसभामुख तुम्बाहाम्फेले मंसिर अन्तिममा बैठक बोलाउने तयारी भएको बताउनुभएको छ।

प्रम ओली डिस्चार्ज भएसँगै परामर्श गरी बैठक बोलाउने बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संसद्को नियमित काम अगाडि बढाउन मंसिर अन्तिममा बैठक बोलाउन खोजिएको हो, सरकार र राजनीतिक दलसँगको सहमतिमा मिति तय हुन्छ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);