सांघाई कोअपरेसन संगठनको सदस्यताका लागि नेपालको ‘लबिङ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

सांघाई कोअपरेसन संगठनको सदस्यताका लागि नेपालको ‘लबिङ’

SCO-logo

काठमाडौं, १३ मंसिर । छिमेकी मुलुक चीनसहितका मध्य एसियाली मुलुकसँग सहकार्य बढाउन नेपालले ‘सांघाई कोअपरेसन संगठन’ (एससीओ)को पूर्ण सदस्यता प्राप्त गर्ने चाहना प्रस्टरूपमा व्यक्त गरेको छ।चीन र रूसजस्ता विश्वका शक्तिशाली मुलुक आबद्ध क्षेत्रीय संगठन एससीओको पूर्ण सदस्यता उपलब्ध गराउन नेपालले रूसको सहयोग मागेको हो।

व्यापार, पारवहन, लगानी, ऊर्जा, कृषि, पर्यटनजस्ता विषयमा सशक्त क्षेत्रीय सहकार्य बढाउन पहल गरेको हो।यही साता रूस भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना रूसी समकक्षी सर्गेइ लावरोवसँगको भेटवार्ताका क्रममा पूर्ण सदस्यताका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो।

राजनीतिक, आर्थिक, सुरक्षाजस्ता विषयमा क्षेत्रीय सहकार्य अघि बढाउने उद्देश्यका साथ सन् २००१ मा स्थापना भएको एससीओको मुख्यालय चीनको बेइजिङमा छ।युरोप र एसिया जोड्ने गरी चीन र रूसको पहलमा स्थापना भएको यो संगठनमा यी दुई मुलुकसहित काजाकिस्तान, किर्गिस्तान र ताजकिस्तान संस्थापक सदस्य राष्ट्र हुन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);