दुई राप्रपाबीच एकता, फागुन २८ गते औपचारिक घोषणा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दुई राप्रपाबीच एकता, फागुन २८ गते औपचारिक घोषणा हुने

raprapa ekata

काठमाडौं, २५ फागुन । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शनिबार राति थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा पार्टी एकतासम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् ।

यस्तै निर्देशन समिति, केन्द्रीय कार्यासम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो हुनेछ भने यससम्बन्धी व्यवस्थापन केन्द्रीय सचिवालयले गर्नेछ । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुनेछ भने पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ ।

यस्तै पार्टीको झण्डा राप्रपाको बर्तमान झण्डा गाई हुनेछ । एकीकृत पार्टीको विधान दुबै पार्टीको विधानलाई समेटेर एकीकृत बनाइने छ । तर, पार्टीको मुख्य नीति र सिद्धान्त भने धर्म सापेक्ष हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असलग्न नीति हुने छ ।

यसैबीच पार्टीको एकता घोषणा आगामी फागुन २८ गते गर्ने बताइएको छ भने एकताको डेढ वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने समझदारी समेत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);