थापा महाधिवेशन अघि नै सर्बसम्मत, लोहनी, राणा र चन्द निर्देशन समितिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

थापा महाधिवेशन अघि नै सर्बसम्मत, लोहनी, राणा र चन्द निर्देशन समितिमा

महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्विरोध, शीर्ष चार नेताबीच नीति निर्धारण तथा निर्देशन समिति बनाउने सहमति

थापा महाधिवेशन अघि नै सर्बसम्मत

 काठमाडौं । महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्विरोध हुनुभएको छ ।

अध्यक्षका दाबेदार मानिएका तीन जना नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा थापालाई सर्वसम्त अध्यक्ष बनाउन तयार हुनुभएपछि महाधिवेशन अघि नै थापा अध्यक्ष चयन हुनुभएको हो ।

राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशन आउदो शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ ।

बुधबार राति चन्द निवासमा शिर्ष चार नेताको बैठकले सर्वसम्मति गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्नका लागि पार्टी एकिकृत भएको र त्यसका लागि सबै मिलेर जानुपर्छ भन्नेबारे शीर्ष तहमा लिखित सहमति नै भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

चन्द निवासमा बसेको बैठकपछि चार जना नेताहरुले हस्ताक्षर गरी संयुक्त वक्तव्य समेत जारी गरेका छन् ।

वक्तब्यमा पार्टीको विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने चार नेताको सहमति छ ।

उक्त समितिको निर्देशनमा अध्यक्ष चल्नुपर्ने व्यवस्था गरिने भएको हो ।

राप्रपाका नेता ठाकुरा शर्माले उक्त समितिको निर्माण पश्चात् सबै नेताहरुलाई पार्टी भित्र सम्मान जनक स्थान रहने बताउनुभयो । हालको जस्तो राष्ट्रिय अध्यक्ष पद अब भने रहने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);