चितवनको विकासमा सबै मन्त्रालयको ध्यान : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

चितवनको विकासमा सबै मन्त्रालयको ध्यान : प्रचण्ड

chitawan bikash

काठमाडौं, १२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि सबै मन्त्रालयले ध्यान केन्द्रित गरेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाहरूको घोषणा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय तथा खानेपानी तथा सरसफाइ मन्त्रालयले जिल्लाको विकासमा विशेष ध्यान दिएको बताए ।

प्रचण्डले चितवनमा अन्तर्राष्ट्रिय सिटी हल र क्रिकेट रंगशालाको विषयमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भएको र दुवैजना सकारात्मक रहेकाले निर्माण प्रक्रिया चाँडै सुरु हुने जानकारी दिए । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको ठोरी–केरुङ लोकमार्ग र ठोरी–माडी हुलाकी सडकखण्डको निर्माण कार्य यसै वर्षदेखि प्रारम्भ हुने उनको भनाई थियो ।
भरतपुर महानगरमा २४ योजना
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भरतपुर महानगरपालिकामा पक्की सडक निर्माणका २४ योजना पारेको मन्त्री रघुवीर महासेठले बताएका छन् । भरतपुर महानगरमा चालू आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाहरूको घोषणा कार्यक्रममा आइतबार मन्त्री महासेठले महानगरका अधिकांश भाग सडक सञ्जालले जोडिने बताए ।

उनले पुल्चोकदेखि गोन्द्राङसम्मको बजारलाई ६ लेनको बनाउन डिपिआरको काम सकिएको, नारायणगढ–ठोरी हुलाकी सडक निर्माणको काम पनि यसै वर्षदेखि अघि बढ्ने बताए । मन्त्री महासेठले पाँच वर्षमा ६ हजारदेखि आठ हजारसम्म पक्की सडक निर्माण गरेर देशका स्थानीय निकायका सदरमुकामदेखि लिएर सडकमा जोड्ने उद्देश्य रहेको उल्लेख गरे ।

भरतपुर महानगरकी प्रमुख रेणु दाहालले महानगरमा धमाधम पूर्वाधार विकासका गतिविधि अघि बढिरहेको बताइन् । जनताको आवश्यकता प्राथमिकताका आधारमा महानगरले काम गरिरहेको उनको भनाइ थियो । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);