कांग्रेसमा महासमिति बैठकको तयारी धमाधम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेसमा महासमिति बैठकको तयारी धमाधम

congress

काठमाडौं, १२ कात्तिक । महासमिति बैठक सुरु हुन अब एक महिनाभन्दा कम समय हुँदा कांग्रेसमा तयारीका लागि धमाधम काम भइरहेको छ ।

विधान संशोधनको मस्यौदा अन्तिमतिर पुगेको छ भने महासमितिमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक प्रस्तावको तयारीमा नेताहरू निरन्तर लागिरहेका छन् । पार्टीको महाविधेशनपछिको सबैभन्दा ठूलो कार्यक्रम र नीतिगत प्रस्टताको जमघटमा राजनीतिक प्रतिवेदन उपसभापति विमलेन्द्र निधि, विधानको मस्यौदा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समिति, सांगठनिक प्रस्ताव डा. शशांक कोइराला र आर्थिक नीतिसम्बन्धी प्रस्ताव सहमहामन्त्री पूर्णबहादुर खड्काले तयार गरिरहेका छन् । यसमध्ये संशोधनको प्रक्रिया अन्तिम चरणतिर पुगेको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ ।

पदाधिकारी नबढाउने तयारीमा संस्थापन
यसअघि सभापतिलाई बलियो बनाउने गरी पदाधिकारी बढाएर जानेगरी पार्टी संस्थापनको तयारी भए पनि पौडेल र सिटौला पक्षको विरोध भएपछि संस्थापन पक्ष गलेको छ । पदाधिकारी जसरी पनि बढाउने अडानबाट संस्थापन पक्ष पछाडि हटेको छ । अब विधानको संशोधित मस्यौदामा यसअघि भएकै पदाधिकारीको विषयमा तलमाथि नगर्ने नीति भएको प्रवक्ता लेखक बताउँछन् । तर, केन्द्रीय समितिको आकार बढ्ने

पदाधिकारी बढाउने विषयमा संस्थापन पक्ष उदार नदेखिँदा केन्द्रीय सदस्य थप गरेर १३३ जनासम्मको बनाउन भने तयार रहेको देखिएको छ । मस्यौदा समितिका एक सदस्यले पदाधिकारी नबढे पनि केन्द्रीय सदस्यहरू भने बढ्ने जानकारी दिए । १०३, १२३ र १३३ मध्ये एउटामा सहमति गर्नेपक्षमा नेताहरू रहेको ती सदस्य बताउँछन् ।
अरू समितिका काम हुँदै
आर्थिक नीतिका विषयमा डा. प्रकाशरण महतले पोखरापछि आइतबार विराटनगरमा सुझाब कार्यक्रम राखेका थिए । कांग्रेसको अबको आर्थिक नीति कस्तो हुन्छ भन्नेमा उनले तलबाटै सुझाव संकलन गरेर प्रस्ताव तयार गर्न कार्यक्रम राखेको जानकारी दिए । यीबाहेक राजनीतिक, सांगठनिक प्रतिवेदन तयार गर्न पनि नेताहरू लागिरहेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । ‘विधानको काम अन्तिमतिर पुगेको, आर्थिक नीतिका विषयमा सहमहामन्त्रीले देशका विभिन्न ठाउँमा छलफल राख्नुभएको छ,’ केसीले नयाँ पत्रिकासँग भने, ‘राजनीतिक र सांगठनिक प्रस्ताव लेखनमा पनि पदाधिकारीहरू लागिरहनुभएको छ । अब छिट्टै सबै प्रस्ताव तयार हुन्छन् ।’

सभापति शेरबहादुर देउवाले शनिबार काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेसका सभापतिहरूसहितको पदाधिकारीको बैठकमा महासमिति बैठक तयारीलाई प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिएका थिए । महासमिति बैठकका लागि सोमबार विभिन्न उपसमितिहरू गठन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सभापतिहरूको बैठक बस्दै छ ।
अब एक थरी मात्रै सदस्य
यसअघि चार थरी सदस्य हुने गरी प्रारम्भिक मस्यौदा बनाइएकोमा अब ‘नेपाली कांग्रेसको सदस्य’ भनेर एक थरी सदस्यता मात्रै दिइने भएको छ । समिति सदस्य प्रदीप पौडेलका अनुसार समितिले अब एक थरी सदस्यता मात्र राखेर मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको जानकारी दिए । यसअघि नेता पौडेलले नै एक थरी सदस्यता मात्रै बनाउनुपर्ने विषय अगाडि बढाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);