ट्याक्सी दुर्घटना हुदाँ १ बालक सहित ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ट्याक्सी दुर्घटना हुदाँ १ बालक सहित ५ घाइते

म्याग्दी, २७ फागुन । म्याग्दीको बेनपा ९ गलेश्वरमा ट्याक्सी दुर्घटना हुदाँ कुश्म नगरपालिका २ बाट गलेश्वर शिवालय मन्दिरमा पुजा गर्न आएका एक बालक सहित ५ घाइते भएका छन् ।

घाइते हुनेहरुमा कुश्म नगरपालिका २ का ६५ बर्षका पृश्वी नारायण शर्मा, बर्ष ४३ की सुनीता पौडेल, बर्ष ९ का हिमानसु पौडेल, बर्ष ३० की लक्ष्मी पौडेल र बर्ष ४ कि हिमानी पौडेल रहेको जिल्ला प्रहरीकार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक स्यामकुमार राईले बताए।

घाइतेहरुलाइ बेनी स्थिात बेनीअस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागी पोखरा रिफर गरीएकोे छ ।

मन्दिरमा पुजा गरेर फर्किने क्रममा पार्कीङ्ग राखीएको ट्याक्सीमा रहेको ओट झिक्न चालक रमेश पौडेल गएका बेला ओट झिकी नसक्दै ट्याक्सी आफै गुड्कीएर पार्कीङ्ग स्थल बाट झण्डै करीब ३ सय मिटर जती तल खसेको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);