निजगढमा बन अतिक्रमण गरिएको जग्गा खाली गरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निजगढमा बन अतिक्रमण गरिएको जग्गा खाली गरियो

कलैया, २७ फागुन। रतनपुर सब डिभिजन बन कार्यालय रतनपुर बारा अन्तरगत पर्ने निजगढ नगरपालिका वाडा न १० (लाल) स्थित गरिएको बन अतिक्रमण हटाइएको छ। रतनपुरी सब डिभिजन बन कार्यालयका प्रमुख रविकान्त कुमारको नेतृत्वमा े बन अतिक्रमण हटाइएको हो । बन अतिक्रमणले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले अतिक्रमण हटाइएको कार्यालय प्रमुख कुमारले बताए ।

बन अतिक्रमण हुदा बातावरणमा प्रभावा परि मानिसलाई चाहिने अक्सिजनको अभाव भएर मानिसको जनजीवनमा निकै नै ठुलो क्षति बेहुर्नु पर्ने भएकोले घेरबार भत्काइएको कार्यालय प्रमुख कुमारले बताए। करिब ३ बिघा नदी अतिक्रमण गरी लगाइएका घेरबार भत्काइएको छ।

रतनपुरी सब डिभिजन बन कार्यालय, डिभिजन बन कार्यालय बारा, सशस्त्र प्रहरी बल बेस लाल, सशस्त्र प्रहरी बल निजगढ अस्थायी प्रहरी चौकी रतनपुरीको सहयोगमा अतिक्रमण हटाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);