एमाले नेता भुसाल र रिजाल भन्छन् : एम अधिकारी गर्भनर होइनन् उनी त गैर सरकारी संस्थामा काम गर्ने व्यक्ति हुन् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले नेता भुसाल र रिजाल भन्छन् : एम अधिकारी गर्भनर होइनन् उनी त गैर सरकारी संस्थामा काम गर्ने व्यक्ति हुन्

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसाल र प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ भन्ने गर्भनर महाप्रसाद अधिकारी नभएको बताएका छन् । उनीहरुले एम अधिकारी भनेको एक गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएको समेत बताएका छन् ।

विभागको सदस्यमा रहेका खोटाङका एम अधिकारी राष्ट्र वैंकका गभर्नर महाप्रसाद भनी सत्तापक्षबाट प्रचार भएपछि भुसालले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन् । उनले अधिकारी स्वयंले आफू कुनै पार्टी राजनीतिमा नरहेको र उक्त व्यक्ति आफू नभएको स्पष्ट पारिसकेको भन्दै सार्वजनिक पदमा भएका व्यक्ति एमालेको कमिटी र विभागमा रहने व्यवस्था नरहेको समेत बताएका छन् ।

त्यस्तै एमाले प्रचार विभाग उप–प्रमुख रिजालले एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको समेत बताए । उनले भने, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);