निर्वाचन आयोगको माग : अध्यक्ष ठाकुरलाई केन्द्रीय पदाधिकारी निर्णयको हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्वाचन आयोगको माग : अध्यक्ष ठाकुरलाई केन्द्रीय पदाधिकारी निर्णयको हस्ताक्षर

काठमाडौँ । जनता समाज पार्टीका जसपाका अध्यक्ष महन्थ ठाकुरसंग केन्द्रीय समिति पदाधिकारीका निर्णयको हस्ताक्षर पेश गर्न निर्वाचन आयोगले माग गरेको छ। अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको भन्दै निर्वाचन आयोगमा पत्र दर्ज गराएका थिए। तर उनले केन्द्रीय समिति पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले तोकेता गरिएको आयोगले जनाएको हो ।

उता अध्यक्ष उपेन्द्र यादवले पनि मंगलबारै अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पेश गराएका थिए। दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आयोगसंग माग गरेका थिए ।
अनुसूची १८ को निवेदन यस्तो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);