व्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हो ’: कांग्रेस सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

व्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हो ’: कांग्रेस सभापति देउवा

sher bahadur deuwa

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बजेटमार्फत चुरे दोहनको मार्ग प्रशस्त गर्ने सरकारको नीति गलत भएको बताएका छन्। सभापति देउवाले आज एक विज्ञप्ती जारी गर्दे सरकारको चुरे दोहनको मार्ग प्रशस्त गर्ने योजनालाई दूरगामी रूपमा घातक हुने बताएका हुन् ।

चुरे क्षेत्रबाट ढुङ्गा, गिटी बेचेर व्यापार घाटा कम गर्ने सरकारी योजनालाई कांग्रेसले ‘चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै’ भन्दै खरो टिप्पणी गरेको छ ।

कांग्रेसले सरकारको यस्तो योजनलाई ‘मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र’ भन्दै फिर्ता गर्न माग गरेको छ । ।विज्ञप्तिमा भनिएको छ, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);