अध्यक्ष ठाकुरले मागे निर्वाचन आयोगसँग थप एक साताको समय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अध्यक्ष ठाकुरले मागे निर्वाचन आयोगसँग थप एक साताको समय

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले मागेको केन्द्रिय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन थप एक साता समय दिनुपर्ने माग गरेका छन् । उनले मंगलबार निर्वाचन आयोगलाई पत्रचार गर्दे पदाधिकारी निर्णयको हस्ताक्षर बुझाउन थप एक साताको समय माग गरेका हुन्।

गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगलाई लिखित पत्रचार गरेका थिए ।

त्यसलगतै निर्वाचन आयोगले गत जेठ १९ गते जसपाका दुवै अध्यक्षलाई केन्द्रिय समितिको पदाधिकारीको हस्ताक्षर एक साताभित्र पेश गर्न माग गरेको थियो । तर केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाएका अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न मात्र भनिएको थियो ।

उपेन्द्र यादवले अनुचुची १८ बमोजिम फारममा विवरण पठाएको तर महन्थ ठाकुरबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । जेठ १८ गते अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा दिँदा केन्द्रीय कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर नबुझाएको भन्दै आयोगले महन्थ ठाकुरलाई तोकता गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);