२० कार्यकारिणी सदस्यको नाम थपेर ठाकुरले बुझाए निर्वाचन आयोगलाई नामावली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

२० कार्यकारिणी सदस्यको नाम थपेर ठाकुरले बुझाए निर्वाचन आयोगलाई नामावली

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्थ ठाकुरले २० कार्यकारिणी सदस्यको नाम थपेर नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

यसअघि निर्वाचन आयोगमा आफ्ना पक्षमा बहुमत रहेको देखाउन नसकेका अध्यक्ष ठाकुरले २० कार्यकारिणी समिति सदस्य थपेर नामावली निर्वाचन आयोगमा बुझाएका हुन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने आफू पक्षीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

यो पनि पढ्नुहोस

Upendra Yadav
जसपा अध्यक्ष यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

गएको जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० सदस्यको नाम थपेका हुन् ।

फुटको संघारमा रहेको जसपालाई निर्वाचन आयोगको निर्णयले अप्ठेरोमा पारेको छ । गएको जेठ ३० गते आयोगले पार्टीका कुनै एक मात्र अध्यक्षले कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । ठाकुरले कार्यकारिणी सदस्य संख्या अध्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको भने पनि आयोगले भने सो बारे कुनै निर्णय गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);