पत्रकार सुजीतकुमार झाको ‘पुनि पुनि होत विवाह’को लोकार्पण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पत्रकार सुजीतकुमार झाको ‘पुनि पुनि होत विवाह’को लोकार्पण

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’को लोकार्पण गरिएको छ । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

६८८ पुष्ठको सो पुस्तकको यसअघि संघीय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरेको थियो । पुस्तकको लोकार्पण मधेश सरकारको भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रुपमा गरेका हुन् ।

पुस्तकलाई मधेश प्रदेशभित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले मैथिली पुस्तकालय ठाउँमा बनाउन सुझाब दिए । 

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको पुस्तक लोकार्पण समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनकपुरधामको पहिचान रामजानकीसँग रहेकाले यो पुस्तकले जनकपुरधामको पर्यटन बढाउन सहयोग गर्ने बताए ।
सुजीतको मैथिली भाषामा यो दशौ कृति हो ।

 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);