कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ । गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो ।

गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ ।

मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक वडामा सञ्चालित पशु स्वास्थ्य शिविरमार्फत कुल एक सय ८५ वटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको छ ।

गुरागाईंले एक सय ६४ वटा कुकुर र २१ वटा बिरालोलाई रोगविरुद्ध खोप लगाएको जानकारी दिए । उनकाअनुसार वडा नंम्बर १ थिङ्लाबुमा ५२ वटा कुकुर र १० वटा बिरालोलाई खोप लगाइएको छ ।

यस्तै वडा नंम्बर २ सान्थाक्रामा १३ वटा कुकुर, वडा नंम्बर ३ खाम्लुङमा १४ वटा कुकुर, वडा नंम्बर ४ लिङ्तेपमा ४३ कुकुर तथा १० वटा बिरालो, वडा नंम्बर ५ थुकिमामा ४० कुकुर तथा एउटा बिरालो र वडा नंम्बर ६ नाल्बुमा दुई वटा कुकुरलाई खोप लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);