रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण

लमजुङ । लमजुङमा रेबिज राेग नियन्त्रण गर्न ककुर र बिरालोको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार बेँसीशहरमा भएकाे शिविरमा १४९  कुकुर र बिरालाेकाे बन्ध्याकरण गरिएको छ ।

रेविज नियन्त्रण गर्न दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३४ वटा कुकुर र ७ वटा बिरालोको बन्ध्याकरण गरिएको हाे ।  कुकुरको टोकाइबाट हुने रेविजरोग शून्यमा झार्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, बेंसीशहर नगरपालिका र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडाैँको संयुक्त आयोजनामा बन्ध्याकरण तथा खोप शिविर सञ्चालन गरिएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);