पाकिस्तानमा नयाँ सांसद चयनका लागि आम निर्वाचन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानमा नयाँ सांसद चयनका लागि आम निर्वाचन जारी

pakisthan election

एजेन्सी, ९ साउन । पाकिस्तानमा आज नयाँ सांसद चयनका लागि आम निर्वाचन भैरहेको छ । दश करोड ६० लाख मतदाता रहेको चुनावमा आठ सय ४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु चुनावि मैदानमा छन् । जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् ।

यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् । पाकिस्तानी मुस्लिम लिग–नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पर्ने अनुमान गरिएको दल तरिक–ए–इन्साफका प्रमुख तथा पूर्वक्रिकेटर इमरान खानले ५ स्थानमा मनोनयन गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारी भने ३ क्षेत्रबाट चुनाव लड्दैछन् ।

सन् २०१३ मा पाकिस्तान मुस्लिम लिग–नवाफले राष्ट्रिय सभामा बहुमत पाएको थियो । तर, गतवर्ष त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाफ सरिफलाई भ्रष्टाचारको अभियोगसहित आजन्म प्रधानमन्त्री बन्न नपाउने गरी पदबाट बर्खास्त गर्यो । यसले पूर्वक्रिकेटर इमरान खानको दल पाकिस्तान तारिक–ए–इन्साफलाई केही राहत हुने देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);