भारतीय सेनाका प्रमुखले गरेको टिप्पणी तत्काल सच्याउन नारायणकाजीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतीय सेनाका प्रमुखले गरेको टिप्पणी तत्काल सच्याउन नारायणकाजीको माग

एजेन्सी, ३ जेठ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सेनाका प्रमुखले लिपुलेक विवादबारे गरेको टिप्पणी तत्काल सच्याउन माग गर्ने भएको छ । प्रवक्ता श्रेष्ठले भारतीय सेनाका प्रमुख जनरल मनोज नरवणेले लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको भनेर गरेको टिप्पणी सच्याउन माग गर्नु भएको हो ।

श्रेष्ठले शनिबार ट्वीट गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नेपालको धारणामा भारतीय सेना प्रमुखले आफ्नो टिप्पणी सच्याउनु पर्ने उल्लेख गर्नु भएको छ ।

भारतले धार्चुलाबाट तिब्बत जोड्नका लागि लिपुलेक हुँदै बनाएको बाटो अस्वीकार्य रहेको बताउँदै श्रेष्ठले कुनै पनि हालतमा नेपाली भूमिमाथिको अतिक्रमण हुन नहुने उल्लेख गर्नुभएको छ ।

narayankaji tweet

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);