०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल

धनगढी। अघिल्लाे पटककाे निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेकाे थियाे। तर, यस पटककाे निर्वाचनकाे मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेकाे छ भने एक स्थानमा अग्रता कायम गरिरहेकाे छ । यस हिसाबले सुदूरपश्चिमका (१६ निर्वाचन क्षेत्र) मा कांग्रेस ठुलो दल बन्ने स्थिति बनिरहेकाे छ। ०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै यस प्रदेशबाट जितेका थिए । संघका साथै प्रदेशसभामा पनि कांग्रेस पहिलो शक्ति बन्ने निश्चित भएको छ। ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको मत गणनामा हुँदा कांग्रेसले ७ स्थानमा जितसहित तीन स्थानमा अग्रता कायम गरेको छ । ०७४ को निर्वाचमा प्रदेशको पहिलो शक्ति एमाले बनेकाे थियाे । यस पटक निकै कमजाेर स्थितिमा छ।

एमाले नागरिक उन्मुक्तीभन्दा पनि कमजाेर। प्रत्यक्ष निर्वाचनमा संघतर्फ सुदूरपश्चिममा एमाले, नागरिक उन्मुक्ति पार्टीभन्दा पनि कमजाेर स्थितिमा छ । हालसम्म एक स्थामा पनि जित हासिल गर्न नसकेको एमालेले कञ्चनपुर–१ मा मात्रै अग्रता कायम गरेको छ। प्रदेशतर्फ पनि एमाले कमजाेर अवस्थामा छ । हालसम्म प्रदेशमा एमालले दुई स्थानमा मात्रै जित हात पारेको छ । प्रदेशमा एमालेको अग्रता छैन । माओवादी केन्द्र संघमा कमजाेर देखिए पनि प्रदेशमा सम्मानजनक स्थितिमा छ। हालसम्म संघतर्फ जित हासिल नगरेको माओवादी केन्द्रले बैतडी र कैलाली-२ मा अग्रता कायम गरिरहेको छ । प्रदेशतर्फ चार स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने एक स्थानमा अग्रता कामय गरिरहेको छ ।  अछाम–२ का दुई प्रदेशसभा र बाजुराका दुई प्रदेशसभामा भने अझै पनि मतगणना सुरु भइसकेको छैन । बाजुरामा ४ मंसिरको निर्वाचनमा झडप भएपछि केही स्थानमा पुनः मतगणना गर्नुपर्ने भएका कारण मत गणना राेकिएकाे छ।

एकीकृत समाजवादीका सबै उम्मेदवार विजयी  संघमा एक जित र एक स्थानमा अग्रता कायम राखेको नागरिक उन्मुक्ति पार्टी प्रदेशमा पनि दुई जित र तीन स्थानमा अग्रता कामय गरिरहेको छ। एकीकृत समाजवादी पार्टीले गठबन्धनबाट पाएका सबै सिटमा जित हात पारेर प्रत्यक्षतर्फ संघमा बलियो स्थितिमा छ । समाजवादीका तीनै जना उम्मेदवारले जितका छन् ।  प्रत्यक्ष निर्वाचनमा ठुलो दल बन्ने देखिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रतर्फ कैलाली–४, कञ्चनपुर, २ र  ३, डडेल्धुरा, दार्चुला र अछाम–२ मा जित हात पारेको छ। यसैगरी, प्रदेशसभातर्फ कञ्चनपुर–२ को (ख), दार्चुला (क), अछाम–१ को (क), अछाम–२ (क), बझाङ (क), कैलाली–४ (ख) र बैतडी (ख)मा जित हात पारेको छ।  कैलाली-२ (क), कैलाली-५ (ख), कञ्चनपुर-१ (ख), कञ्चनपुर-३ (ख) मा कांग्रेसकाे अग्रता छ ।

कांग्रेस निर्वाचित भएका स्थान
संघमा निर्वाचितहरू
अछाम-२ मा पुष्पबहादुर शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, डडेल्धुरामा शेरबहादुर देउवा, कञ्चनपुर-२ मा एनपी साउँद, क्षेत्र नम्बर–३ मा रमेश लेखक, कैलाली–४ मा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ
कञ्चनपुर-२ (ख)मा कांग्रेसका बहादुर सिंह थापा निर्वाचित भएका छन् । दार्चुला-१ (क) मा कांग्रेसका उम्मेदवार बिक्रम सिंह धामी निर्वाचित भएका छन् । अछाम–१ (क) मा कांग्रेसका उम्मेदवार मेघराज खड्का निर्वाचित भएका छन् । बझाङ प्रदेशसभा (क)मा कांग्रेसकै पृथ्बीबहादुर सिंह निर्वाचित भएका छन् । बैतडी-१ (ख) बाट शिवराज  भट्ट निर्वाचित भएका छन् । कैलाली–४ (ख) मा कांग्रेसका प्रकाशबहादुर बम निर्वाचित भएका छन् ।

कांग्रेसको अग्रता कहाँ काहाँ ? 
कैलाली-२ (क) मा कांग्रेसका कमल शाह, कैलाली-५ (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा, कञ्चनपुर-१ (ख) मा कांग्रेसका दिवानसिंह विष्टको अग्रता छ । कञ्चनपुर-३ (ख) मा कांग्रेसका बेलबहादुर रानामगरको अग्रता रहेको छ ।

माओवादी केन्द्रलाई प्रदेशमा सफलता
संघीय निर्वाचनतर्फ कमजाेर देखिएको माओवादी केन्द्रले सुदूरपश्चिमका प्रदेशसभातर्फ भने तुलनात्मक रुपमा सफलता प्राप्त गरेको छ । संघमा माओवादी केन्द्रले कैलाली–२ र बैतडीमा अग्रता कायम गरिरहेको छ । माओवादी केन्द्र सुदूरपश्चिममा प्रदेशतर्फ चार स्थानमा विजयी भएको छ, भने यो समाचार तयार पर्दासम्म दुई स्थानमा अग्रता लिइरहेकाे छ । माओवादी केन्द्रले कञ्चनपुर–२ (क), दार्चुला (ख), डोटी (क), र अछाम (ख)मा जित हासिल गरेको छ । माओवादी केन्द्रले डडेल्धुरा (क)मा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले जितेका क्षेत्र 
कञ्चनपुर–२ (क) मा माओवादी केन्द्रका ओमविक्रम भाट निर्वाचित भएका छन् । दार्चुला-२ मा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् ।  डोटी–१ को (ख)मा माओवादी केन्द्रका उम्मेदवार शिवसिं ओली निर्वाचित भएका छन् । अछाम–१ (ख)मा माओवादी केन्द्रका उम्मेदवार झपटबहादुर साउद निर्वाचित भएका छन् । बझाङ प्रदेश सभा (ख)मा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

बलियो बन्दै नागरिक उन्मुक्ति पार्टी
एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा बलियो प्रभाब बनाइरहेकाे छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट संघतर्फ तीन र प्रदेशतर्फ पनि तीनै स्थानमा जित हासिल गरेको छ । कैलाली–१ मा पनि संघ र प्रदेशमा अग्रता कायम गरिरहेको छ।

यसैगरी कैलाली–२ (क) मा पनि अग्रता रहेको छ।

सुदूरपश्चिममा कम्जोर बन्दै एमाले
०७४ को निर्वाचनमा संघ र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने कमजाेर स्थितिमा देखिएको छ। आठ जिल्लाको मत गणना हुँदा एमाले सून्य छ । कञ्चनपुर–१ मा मात्रै एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता रहेको छ । ०७४ मा उसले जितेको बझाङ, अछाम, डोटी, दार्चुला गुमाइसकेको छ भने बैतडी र कैलालीमा पनि पछाडि छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादी सफल
संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएकाे छ। सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो । डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम-१ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए । एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा जित हात पारेको छ। कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);