राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको अप्रत्यासित पुनरागमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको अप्रत्यासित पुनरागमन

काठमाडौं। २०६४ मा माओवादी र २०७० मा राप्रपाले अप्रत्यासित रूपमा समानुपातिक निर्वाचन प्रणालीतर्फ धेरै सिट पाएका थिए । ६०१ संविधानसभामा माओवादीले एक सय १० सिट समानुपातिकबाट पाएको थियो । प्रत्यक्षमा पनि त्यतिकै सिट जितेर ठूलो दल बनेको थियो ।  २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने राप्रपाले समानुपातिकमा अप्रत्यासित नतिजा ल्याएको थियो । त्यसबेला गाई चुनाव चिन्ह भएको राप्रपाले चार सिट प्रत्यक्षमा र २४ सिट समानुपातिकमा प्राप्त गरेको थियो । नौ वर्षपछिको आमनिर्वाचनमा राप्रपाले जबर्जस्त कमब्याक गरेको छ । राप्रपामा अहिले राजेन्द्र लिङ्देन अध्यक्ष छन् । एक वर्षअघि भएको महाधिवेशनमा उनले कमल थापालाई पराजित गरेर नेतृत्व हातमा लिएपछि राप्रपामा शुद्धीकरण भएको यो निर्वाचनले पनि देखाउँछ ।  सत्तागठबन्धनलाई चुनौती दिँदै राप्रपाले धेरै प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवार बनायो । एमालेसँग झापा ३, रुपन्देही ३ र बाँके २ मा तालमेल गरेर उसले नतिजा शतप्रतिशत आफ्नो पक्षमा पार्ने संकेत गरेको छ । झापा ३ मा अध्यक्ष राजेन्द्र लिङ्देन झन्डै तीन हजार मतान्तरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाभन्दा अघि छन् । अहिले पनि मतगणना जारी छ । बाँके २ मा राप्रपा महामन्त्री धवलशमशेर राणाले जितिसकेका छन् । उनले त्यहाँ जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरे । रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा र कांग्रेसका बालकृष्ण खाणबीच थोरै मतान्तर छ । जसले पनि चुनाव जित्ने स्थिति छ । मकवानपुर १ मा सुरुदेखि नै तेस्रो स्थानमा रहेका दीपक सिंहले अहिले अग्रता हासिल गरेका छन् । अब दुईवटा वडाको मात्र मतगणना गर्न बाँकी छँदा उनले १२ सय मतले अग्रता लिएका छन् ।

काठमाडौं १ बाट राप्रपाका रवीन्द्र मिश्रले झन्डै झन्डै चुनाव जितेका थिए । उनी कांग्रेसका प्रकाशमान सिंहभन्दा एक सय २७ मतले पराजित भए । राप्रपाले अहिलेसम्म दुई सिट जितेको छ। चारमा अग्रता छ । यदि चारवटै जितेमा ६ सिट हुनेछ । रुपन्देही ३ पनि जितेमा सातवटा हुनेछ।

समानुपातिकमा पनि राप्रपाले थ्रेसहोल्ड कटाउने देखिएकाले राप्रपाले यो निर्वाचनमा कम्तीमा १० जना सांसद जित्ने सम्भावना छ । १० सिटसहित प्रतिनिधिसभामा पुगेमा राप्रपा बलियो शक्ति बन्ने निश्चित छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);