भारतका पाँच पूर्वसेनापतिको नेपाल भ्रमण किन | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

भारतका पाँच पूर्वसेनापतिको नेपाल भ्रमण किन

काठमाडौं, ३ फागुन । नेपाली सेनाको २६०औं वार्षिकोत्सवमा सहभागी हुन भारतका पाँच जना पूर्वसेनापतिहरु काठमाडौं आउने भएका छन् । उनीहरु नेपाली सेनाका पूर्व मानार्थ महारथीका रुपमा यहाँको सेना दिवसको विविध कार्यक्रममा सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भन्डारीले जानकारी दिए ।

नेपाली सेनाले भारतका सेना प्रमुख मनोज पाण्डेका अलावा ११ पूर्व सेना प्रमुखहरुलाई निम्तो दिएको थियो । त्यसमध्ये पूर्व सेनापतिहरु जनरल विश्व नाथ शर्मा, जनरल जोगिन्द्र जसवन्त सिंह, जनरल दिपक कपूर, जनरल, दलविर सिंह सुहाग र जनरल मनोज मुकुन्द नरभाणे काठमाडौंआउने तय भएको प्रवक्ता भण्डारीले बताए । पूर्व सेना प्रमुखहरु १७ देखि २० फरवरीसम्म नेपाली सेनाले आयोजना गर्ने विविध कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

सैनिक प्रवक्ता भंडारीले भने, भारतका पूर्व सेना प्रमुखहरुको सेना दिवसमा हुने सहभागिताले दुई देशबीचको सैन्य सम्बन्ध अझ प्रगाढ हुने विश्वास छ । नेपाली सेनाले आफ्ना मानार्थ महारथी भइसकेका भारतका पूर्व सेनापतिहरुलाई चिफ्स कन्क्लेभमा भन्दै निम्तो गरेको हो ।

१० वर्ष अघि नेपाली सेनाको २५०औं स्थापना दिवसमा २०६९ सालमा पनि भारतका पूर्वसेनापतिहरुलाई निम्तो गरिएको थियो । यसपटक चिफ्स कन्क्लेभ नाम दिएर निम्तो दिइएको छ । १८ फरवरीमा हुने कन्क्लेभमा नेपाली सेनाका प्रमुख प्रभुराम शर्माका अलावा भारत र नेपालका पूर्वसेनाप्रमुखहरु सहभागी हुनुहुने नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । उनले भने, ‘चिफ्स कन्क्लेभमा दुई देशबीचको सैन्य सम्बन्धबारे छलफल हुनेछन् ।’

भारत र नेपालबीच पृथक सैन्य सम्बन्ध छ । दुई देशका सेना प्रमुख एक अर्का देशको मानार्थ महारथीको पदवी पाउने प्रचलन छ । सन् १९५० को संधी देखि चलिआएको यो संबंधले दुई देशबीच सैन्य तहमा विशेष सम्बन्ध रहने गरेको हो ।

सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले भारतका पूर्व सेना प्रमुखहरुको भ्रमणले दुई देशबीच सैन्य सम्बन्ध अझ सुदृढ गर्ने विश्वास व्यक्त गरे ।-File Photo

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि