२६०औं सेना दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

२६०औं सेना दिवस मनाइँदै

काठमाडौं, ६ फागुन । आज २६०औं सेना दिवस । नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रीको दिन पारेर सेना दिवस मनाउँदै आएको छ ।

सेना दिवसमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गर्दछ । जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखका अलावा संवैधानिक निकायका पदाधिकारीहरुको उपस्थिति हुने गर्दछ ।

यसपटक सेनाले चिफ्स कन्क्लेभ आयोजना गरेको छ । उसले भारतका पूर्वसेनापतिहरुलाई पनि कन्क्लेभ्स्मा निम्तो गरेको छ । पाँच जना भारतका पूर्वसेनापतिहरु कन्क्लेभ्समा सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनीहरुलाई नेपाली सेनाका पूर्व मानार्थ महारथीका रुपमा निम्तो गरिएको सेनाले जनाएको छ ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);