भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगे | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगे

काठमाडौं, ५ फागुन । भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन सेनाका चार पूर्व प्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग आज बिहान काठमाडौं आइपुगेका हुन् ।

नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएकोमा पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने भएका छन् । शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिने कार्यक्रम रहेको छ । सेनाको स्थापना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना हुने प्रचलन छ ।

उनीहरुले सैनिक मुख्यालय जङ्गी अड्डामा फागुन ७ गते (आइतबार) प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग भेटघाट र छलफलको कार्यक्रम रहेको छ । सोही दिन महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);