रास्वपा सचिवालय बैठकका निर्णयः केन्द्रिय समिति बैठक आह्वान, पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

रास्वपा सचिवालय बैठकका निर्णयः केन्द्रिय समिति बैठक आह्वान, पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रिय समितिको बैठक अगामी जेठ ३० गते आह्वान गर्ने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताउनुभएको हो । उहाँकाअनुसार बैठकले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय समेत गरेको छ । उहाँले बारा जिल्ला कमिटी विघटन गरी जिल्ला अधिवेशन निर्णय समेत बैठकले गरेको बताउनु भयो । उहाँकाअनुसार बैठकले र्यापिड एक्सन टिमको समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा र उपप्रमुख बिदुर खड्कालाई मनोनयन गरेको छ । साथै स्टार्टअप विभाग प्रमुख डा. प्रभात अधिकारी, सचिवमा हरि जोशीलाई मनोनयन गरिएको प्रवक्ता झाले बताउनुभयो । त्यसैगरी पार्टीको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरिएको बताउनु भयो ।
बैठकले वडा र पालिका अधिवेशनको कार्यतालिका समेत स्वीकृत गरेको झाले बताउनु भयो । अगामी जेठ ३ गते वडा अधिवेशन र अगामी जेठ १० गते पालिका अधिवेशन गर्ने निर्णय भएको झाको भनाइ छ ।

Leave a Reply

ताजा समाचार