पृथ्वीमा हिउँको स्तर पत्ता लगाउन शनिवार अन्तरिक्षमा उपग्रह प्रक्षेपण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पृथ्वीमा हिउँको स्तर पत्ता लगाउन शनिवार अन्तरिक्षमा उपग्रह प्रक्षेपण गरिने

एजेन्सी, २८ भदौ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीमा हिउँको स्तर ग्लेसियर र समुन्द्रि हिउँमा हुने परिवर्तनबारे जानकारी प्राप्त गर्न यहि १५ सेप्टेम्बर मा अन्तिरिक्षमा उपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । यो उपग्रहमा अत्याधुनिक लेजर उपकरण पनि जडान गरिएको छ ।

पृथ्वीमा अहिले पनि धेरै कुराहरु पत्ता लाउन बाँकी नै छन् । मानिस बसोबास स्थल देखि समुन्द्र र ग्लेसियर सम्मको विभिन्न स्रोतबारे जानकारी तथा त्यसको प्रयोगले मानव सभ्यतालाई निश्चित दिशा तर्फ बढ्न प्रेरित गर्ने छ ।

वैज्ञानिकहरु पृथ्वीमा हिउँको स्तर ग्लेसियर र समुन्द्रमा हिउँ जम्ने ठाउँको रहस्यबारे पत्ता लगाउन जुटेका छन् । यसका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यहि १५ सेप्टेम्बरका दिन अत्याधुनिक लेजर उपकरण जडित भु उपग्रह प्रक्षेपण गर्ने भएको छ ।

भिडियो हेर्नुस् :

यो उपग्रहमा पहिलो पटक लेजरको प्रयोग हुन लागेको हो । आइस सेट टु नामाकरण गरिएको सो उपग्रहले ग्रिन ल्याण्ड र अन्र्टाटिकामा हिउँको उचाई र त्यहाँ हुने परिवर्तनको बारेमा पनि तथ्य संकलन गर्ने बैज्ञानिकहरुले बताएका छन् ।

यसबारे समुद्रको जलस्तर बृद्धिबारे पनि अध्ययन गरिने वैज्ञानिक माइकल फ्रीलिचको दावि छ । यो उपग्रहले प्रत्येक सेकेण्ड १० हजार पटक लेजर प्रवाहित गर्ने जनाइएको छ । जसका माध्यमबाट समुद्री लहर र जलाशयको स्तर पत्ता लगाएर सो अनुसारको आवश्यक कदम मानव हितमा उठाउन सुझाब दिने नासाले जनाएको छ ।

लेजर प्रविधियुक्त भु उपग्रहले यकिन रुपमा पृथ्वीमा हिउँको स्तर बारेमा पत्ता लगाउने कामबाट सो क्षेत्रमा नयाँ सफलता हासिल हुने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);