अमेरिकामा प्राकृतिक ग्यास पाइप चुहिएर श्रृङखलावद्ध विस्फोट, एकको मृत्यु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

अमेरिकामा प्राकृतिक ग्यास पाइप चुहिएर श्रृङखलावद्ध विस्फोट, एकको मृत्यु (भिडियोसहित)

Massachusetts explosion

एजेन्सी, २९ भदौ । अमेरिकाको बोस्टन स्थित म्यासाच्युसेट्स शहरमा प्राकृतिक ग्यास पाइप लाइन चुहिएर ७० पटक श्रृङखलावद्ध विस्फोट भएको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ । केहि व्यक्तिहरु घाइते भएका छन् ।

विस्फोट पछि लागेको आगो नियन्त्रणका लागि ५० वटा वारुणयन्त्र प्रयोग गरिएको थियो । विहिबार लागेको आगो शुक्रबार मात्रै नियन्त्रणमा आएको छ ।

अमेरिकाको बोस्टन स्थित म्यासाचुसेट्समा प्राकृतिक ग्यास पाइप लाइन चुहिएर भएको श्रृङखलावद्ध ७० पटकको विस्फोटमा दर्जनौ घरमा आगो लागि हुदा ठुलो धनजनको क्षति भएको छ । आगोलागि नियन्त्रणको क्रममा केहि घरहरु खालि गराइएको छ । दर्जनौ व्यक्तिहरु घाईते भएका छन् । गम्भिर घाइते १० जनालाई अस्पतालमा उपचारार्थ भर्ना गएिको छ ।

स्थानिय ग्यास र विद्युत कम्पनिले सो क्षेत्रमा ग्यास र विद्युतको आपुर्ति बन्द गरेको छ । उक्त क्षेत्रमा ५१ हजार ग्यास उपभोक्ता रहेका मध्ये करिब ८ हजार ग्यास प्रयोगकर्ताहरुको लाइन सुरक्षाको कारण दर्शाउदै काटिएको छ । ग्याँस र बिद्युत आपुर्ति बन्दभएपछि उपभोक्ताहरु प्रभावित भएका छन् । संघिय जाँच एजेन्सि एफ बि आई ले यो घट्नाको अनुसन्धान गरेको छ ।

सार्वजनिक सुरक्षालाई ध्यानमा राखि प्रभावित क्षेत्रका घरहरु खालि गराइएका छन् । ग्यास चुहिन सक्ने संभावित पाइपहरुको जाँच पड्ताल पनि सुरु गरिएको छ । गम्भिर खतरालाई ध्यानमा राखि सुरक्षाको विशेष प्रयास भैरहेको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । विस्फोट र आगलागी प्रभावित क्षेत्रमा २ दिनदेखि विद्युत आपुर्ति बन्द भएपछि मानिसहरु समस्यामा परेका छन् ।

मेथुएन प्रहरी प्रमुख जोसेफ सुलेमानले सो क्षेत्रमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकोले सबैलाई ढुक्क भएर रहन आग्रह गरेका छन् । तर मानिसहरु ग्यास विस्फोट पुन हुने होकि भन्ने आशंकामा आतंकित बनेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);