भक्तपुर दधिकोटमा बिस्फोट, एक जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भक्तपुर दधिकोटमा बिस्फोट, एक जना घाइते

काठमाडौं । सोमबार बिहान भक्तपुर दधिकोटको एक घरमा ग्यास लिंक भएर बिस्फोट भएको छ । झापा स्थायी घर भएका दधिकोट बस्दै आएका रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो।

विस्फोटमा घाइते भएका घरमुलीको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान करिब पौने ७ बजेतिर सूर्यविनायक नगरपालिका–३ काठमाडौं ल कलेज पछाडि रहेको एक घरमा बिस्फोट हुँदा घरमा क्षति पुगेको छ।

साढे २ तला घरको भुई तलामा रहेको भान्सामा बिस्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन्।

प्रहरीले ग्यास ग्यास सिलिण्डरको ग्यास चुहिएर बिस्फोट भएको अनुमान छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);