चन्द्र भण्डारीको घरमा ग्यास विस्फोट, उनीसहित आमा गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चन्द्र भण्डारीको घरमा ग्यास विस्फोट, उनीसहित आमा गम्भिर घाइते

काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीसहित उनकी आमा घाइते भएका छन् ।

प्रतिनिधि सभा सदस्य भण्डारीको निवास काठमाडौंस्थित नयाँ बानेश्वर बुद्धनगरमा गएराति ग्यास बिस्फोट हुँदा उनीसहित ८६ आमा गम्भिर घाइते भएकी हुन् । उनीहरु दुवैजनाको हाल कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सकको अनुसार चन्द्र भण्डारीको २५ प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत शरीर जलेको छ । गुल्मी निर्वाचन क्षेत्र न १ का निर्वाचित सांसद भण्डारीले बुधबार पनि संसदमा आफ्नो भनाई राखेका थिए । उनले देश र सरकार सञ्चालक नेताहरू निकम्मा बन्दा देश माफियाहरूको हातमा पुगेको टिप्पणी गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);