चरेस र सालकको खपटासहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

चरेस र सालकको खपटासहित पक्राउ

मकवानपुर,६ फागुन । अवैध लागूऔषध चरेस र सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ टिपटारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply