एसिड खरिदबिक्री नियमन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एसिड खरिदबिक्री नियमन गर्न माग

acid attack

काठमाडौं, २३ भदौ । वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनमाथि विद्यालय जाने क्रममा भएको एसिड आक्रमणको घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बिहान खातुनमाथि वीरगञ्जको छपकैयामा एसिड आक्रमण भएको थियो । घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । अन्य व्यक्ति फरार छन् । पीडित युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष र शून्य समयमा सांसदहरूले घटनामा संलग्नलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । यस्तै, पीडितको सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले तत्काल उपचारका लागि पीडित युवतीको परिवारलाई पाँच लाख रुपियाँ दिने घोषणा गरिसकेको छ ।

प्रतिनिधिसभाको विशेष समयमा सांसद एकवाल मियाँले दोषीलाई कारबाहीको माग गर्नुभयो । उपचार खर्चलगायतको व्यवस्थापनले परिवार पीडामा रहेको भन्दै खर्च व्यवस्थापनका लागि पनि मियाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘१५ वर्षीया खातुनमाथि शुक्रबार एसिड आक्रमण भएको छ । अभिभावक चिन्तित छन् । पीडित परिवारले आर्थिक सहायतको याचना गरेको छ । सम्पूर्ण उपचारको व्यवस्था सरकारले गरोस् । दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।’’

यस्तै, सांसद प्रदीप यादवले दोषीलाई कारबाहीको माग गर्नुभयो । यादवले सहजरूपमा एसिड खरिदबिक्री भइरहेको भन्दै नियमनका लागि पनि ध्यानाकर्षण गराउनुभयो । यादवले भन्नुभयो, ‘‘एसिड बिक्री वितरणमा कडाइ होस् । किन्नेको अभिलेख राख्ने व्यवस्था होस् । किन्नेको नाममा इजाजत दिने र नागरिकताको विवरण राख्ने व्यवस्था होस् । यसले कसले किन्यो, किन किन्यो भन्ने जानकारी हुन्छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);