'एसिड आक्रमण गर्नेलाई मृत्यु दण्डको व्यवस्था गर्न माग' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘एसिड आक्रमण गर्नेलाई मृत्यु दण्डको व्यवस्था गर्न माग’

acid attak

काठमाडौं, २२ भदौ । भदौ २० गते शुक्रबार विद्यालय जादै गर्दा एसिड आक्रमण मा परेकी विरगञ्ज कि मुस्कान खातुनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विरगञ्ज महानगरपालिका वडा न ३ छपकैयाकी १५ वर्षिय बालिका खातुनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै स्थानीय १६ वर्षीय सम्साद मिँया र माजिद आलमले एसिड प्रहार गरेका हुन् ।

पछिल्लो समय एसिड आक्रमणको घटना बढ्दै गएको छ त्यसैले कानुन नै संसोधन गरेर भएपनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्यु दण्डको व्यवस्था गर्न महिला सांसदहरुहरुले जोडदार रुपमा माग गरेका छन्

विभिन्न निँउमा महिला माथि एसिड आक्रमणका घटना बढ्दै गएपछी महिला सांसदहरुले कानुन नै संशोधन गरेर भएपनि दोषिलाई मुत्यदण्डको सजाय माग गरेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा समय लिएर बोल्ने महिला सांसदहरुले एसिड आक्रमण गर्नेलाइ मुत्यृदण्ड दिने कानुन नभएसम्म पिडितले न्यायको अनुभुति गर्न नसक्ने बताएका छन् ।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । सांसदहरुले खातुन माथि एसिड आक्रमणको घटनाको भत्र्सना गर्दै दोषिलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारवाही गर्न माग गर्नुभयो ।

एसीड आक्रमण जस्तो अपराध हुँदा पनि दोषिलाई हुने सजाय कम भएको भन्दै सांसदहरुले मृत्यृदण्डको सजाय माग गरेका छन् । सांसदहरुले महिला र बालिकाले सुरक्षित जिवन जिउन नपाएको भन्दै संविधानले नै बर्जित गरेको मृत्यृदण्डको विषय लाई जोडदार रुपमा उठाएका छन् ।

त्यस्तै पछिल्लो समय प्रदेश २ मा महिला माथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले यसलाई रोक्न नसके प्रदेश २ सरकारले ल्याएको बेटि पढाउ बेटी बचाउ अभियानको औचित्य नहुने सांसह जुली महत्तोको भनाई छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुुपर्ने सांसदहरुले बताएका थिए ।एसिड बजारमा सहज रुपमा उपलब्ध भएको भन्दै सांसदहरुले यसको खरिद बिक्रिका लागी समेत कडा कानुन ल्याउनुपर्नेमा सरकारको ध्यानाकषर्ण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);