निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाप्रति कांग्रेसको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाप्रति कांग्रेसको आपत्ति

nepali congress

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाएको छ । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धा सुनुवाईको क्रममा रहेका बेला मुद्धालाई प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसका प्रवक्ता विश्प्रकाश शर्माले यसको मनशाय निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने खोजेको आरोप लगाएका छन् सोमबार आयोगले कार्यतालिका सार्वजनिक गर्दै दल दर्ताका लागि आह्वान गरेको हो ।

आयोगले ३१ असारदेखि १५ साउनसम्म दल दर्ताको समय तोकेको छ । कात्तिक २६ हुने पहिलो चरणको निर्वाचनका लागि असोज २१ देखि असोज २६ सम्म निर्वाचन कार्यक्रम बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);