भारतको छोरीको नेपालमा दादागिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतको छोरीको नेपालमा दादागिरी

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीकी नेतृ एवं सांसद सरिता गिरी विवादमा तानिएकी छिन् । नेपालको नयाँ नक्सा भारत र चीनलाई नसोधि सार्वजनिक गरेर युद्ध निम्त्याउन खोजेको गम्भीर आरोप सरकार माथि लगाएकी संसद गिरीले सरकारी संविधान संशोधन सम्बन्धी सरकारी विधेयकको खारेजीमा संसद सचिवालयमा प्रस्ताव दर्ता गरेर फेरी विवादमा तानिएकी छिन् ।

संसदमा सधैं नेपाली भाषा नबोली हिन्दी भाषामा भाषण गर्ने सांसद गिरीका अभिव्यक्ति नेपालको राष्ट्रियता र सुरक्षा विपरीत भन्दै सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले कडा आपत्ति जनाएको छ । युवा संघले सांसद गिरीलाई राष्ट्र द्रोहको आरोप लगाउँदै सांसद पद निलम्बनको समेत माग गरेको छ ।

 

 

सांसद गिरीलाई उनकै पार्टी जनता समाजवादीले पनि सच्चिन आग्रह गर्दै नसच्चिए कारबाही गर्ने चेतावनी दिएको छ । सांसद सरिता गिरीको अभिव्यक्तिलाई लिएर नेकपा निकट राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल र जनता समाजवादी पार्टीका युवा नेता कृष्ण सिंहसँग गरिएको अन्तर्वार्ताको सार संक्षेप ।

अर्काे पार्टीका सांसद सरिता गिरीलाई किन कारबाही गर्न माग गर्नु भएको ?

रमेश पौडेल, युवा संघ : सांसद सरिता गिरीले राष्ट्र, राष्ट्रियता र मातृ भूमि विरुद्ध अभिव्यक्ति दिई राष्ट्रद्रोह गर्नु भएको छ । कानुनले राष्ट्रद्रोह गर्नेलाई जे कारबाही गर्ने व्यवस्था गरेको छ गिरीलाई पनि त्यही कारबाही गर्नु पर्छ भनेर हामीले माग गरेका हौं ।

कृष्ण सिंह,युवा नेता, जसपा : राष्ट्रद्रोहको परिभाषा के हो ? जे पायो त्यही आरोप लगाउन मिल्दैन । हिन्दीमा बोल्नु सांसद गिरीको व्यक्तिगत स्वतन्त्रता हो ।

व्यक्तिगत स्वतन्त्रता भनेर जे पनि बोल्ने छुट सांसदलाई छ  ?

कृष्ण सिंह : सांसद गिरीको भनाईको आशय बुझ्नु पर्छ । उहाँले राष्ट्रिय सुरक्षा विपरीत बोलेको जस्तो मलाई लाग्दैन ।

रमेश पौडेल : किन छैन । तपाई जस्तो पढेलेखेको मान्छे गिरीले के बोलेको बुझ्नु हुन्न ? उहाँलाई तत्काल संसद सदस्यबाट हटाउनु पर्छ । जसपा पार्टीले कारबाही गर्नु पर्छ ।

सांसद सरिता गिरीले संसदमा हिन्दी भाषामा बोलेको कुरालाई कसरी हेर्नु हुन्छ ?

रमेश पौडेल : नेपाली भाषामा बोल्नु पर्छ । नभए तराई बोलिने अवधि, मैथिलि भाषा बोल्नु पर्छ । उहाँले हिन्दीमा बोलेर नेपालमा भारतको राजनीति गरिरहनु भएको छ ।

कृष्ण सिंह : हिन्दीलाई माध्यम भाषाको रुपमा बोल्दा पनि केही फरक पर्दैन । भाषाको कुरा गरेर मधेशी र पहाडीबीच विवाद ल्याउने दुष्प्रयास गरिनु राम्रो होइन ।

विवादास्पद अभिव्यक्ति दिएकी सांसद सरिता गिरीलाई कस्तो कारबाही हुुनपर्छ भन्ने सम्बन्धमा राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेल र जनता समाजवादी पार्टीका युवा नेता कृष्ण सिंहसँग गरिएको अन्तर्वार्ताको पूरै भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);