जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा संघको बिरोध प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा संघको बिरोध प्रर्दशन

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपबिरुद्ध प्रदर्शन गरेको छ ।

शनिवार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले बिरोध गरेको हो । प्रतिनिधि सभामा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । सोही विषयलाई लिएर युवा संघले बिरोध जुलुस गरेको हो ।

प्रतिनिधि सभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले बिरोध जनाएको थियो । प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दैछन् पोल लगायतका प्लेकार्ड बोकी बिरोध जनाएका थिए । यद्यपी प्रतिनिधि सभाको आजको बैठकमा सांसद दाहालद्वारा अभिव्यक्त गर्नुभएको शब्द संसदको रेकर्डबाट हटाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);