सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?

काठमाडौं, १४ जेठ । लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपबिरुद्ध प्रदर्शन शनिबार प्रदर्शन भए । शनिवार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले बिरोध गरेको हो ।

प्रतिनिधि सभामा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

सोही विषयलाई लिएर युवा संघले बिरोध जुलुस गरेको हो । प्रतिनिधि सभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले बिरोध जनाएको थियो । प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दैछन् पोल लगायतका प्लेकार्ड बोकी बिरोध जनाएका थिए । यद्यपी प्रतिनिधि सभाको आजको बैठकमा सांसद दाहालद्वारा अभिव्यक्त गर्नुभएको शब्द संसदको रेकर्डबाट हटाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);