प्रतिनिधि सभा विघटनको विरोधमा 'नमुना संसद' (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमुना संसद’ (फोटो फिचर)

काठमाडौं, ७ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी बिरोध जनाईएको छ । बुधबार काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना बैठक गरीएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधि सभा विघटन असम्वैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्नेमा जोड दिएका थिए । संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताउनुभयो ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने बिचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने सहभागीहरुको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);