प्रधानमन्त्रीको कदम ठिक कि बेठिक, सुनुवाइ जारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीको कदम ठिक कि बेठिक, सुनुवाइ जारी (भिडियोसहित)

काठमाडौं, ६ माघ । नेकपाको कारण नेपाली राजनीति धमिलिएको हो भन्नेमा शंका छैन । तर नेकपा भित्र कसका कारण यो अवस्था आयो भन्ने महत्वपूर्ण सवाल हो । नेकपाका एउटा पक्ष प्रधानमन्त्री समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण अहिलेको अवस्था आएको तर्क गरिरहेका छन् भने अर्काे पक्ष प्रचण्ड–माधव समूहको निरन्तरको घेराबन्दी र असहयोगका कारण अहिलेको अवस्था आएका तर्क गरिरहेका छन । तर्क जसले जसरी गरिरहे पनि मूल जड नेकपा र नेकपाकै नेताहरु हो भन्नेमा कुनै शंका रहेन ।

यस्तो अवस्थामा जनता सर्वाेच्च अदालतले छिटृो फैसला गरिदिएर अहिलेको अस्थिर राजनीतिको निकास निकालिदेओस भन्ने नै चाहिरहेका छन् । प्रधानमन्त्रीको कदम ठिक हो कि बेठिक हो भनी संवैधानिक इजलासमा सुनुवाइ भइरहँदा नेकपा केन्द्रीय सदस्य कुमार पौडेल प्रतिनिधि सभा विघटन संविधान विपरीत भएकोले यसको पुनस्र्थापना नै सही निकास भएको दावी गर्नु हुन्छ ।

वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल भने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्ने भनाइ गलत भएको भन्दै नयाँ जनादेश नै अहिलेको संकटको सहज निकास भएको दावी गर्नु हुन्छ । नेपाल र पौडेलको तर्कपूर्ण अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);