सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन

नुवाकोट, ६ माघ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।

नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सही विचार र मुलुकको समृद्धिका लागि एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्नुभयो ।

ओलीले पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग देश बनाउने सोच नै नभएको टिप्पणी समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);