खुमलटार–बालुवाटार यात्रा । निष्ठारहित राजनीतिकर्मीलाई नपचेको घ्यू (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खुमलटार–बालुवाटार यात्रा । निष्ठारहित राजनीतिकर्मीलाई नपचेको घ्यू (भिडियोसहित)


नेता शक्तिशाली बन्न खोज्दा सत्तारुढ दल नेकपा नै संकटमा परेको छ । दुई तिहाइ नजिकको बहुमतमा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता कव्जा गर्न सफल भएको नेकपा आफ्नै कारण दिनदिनै कमजोर हुँदै गएको छ । अवसर पाएर पनि देश र जनताको लागि काम गर्न नसकेकोमा नेकपा नेतृत्व दिनदिनै आलोचित बनिरहेको छ । आलोचना पनि यतिसम्म की नेकपा भित्रको ताण्डवलाई अनिष्टापूर्ण राजनीतिक यात्रुहरुलाई नपचेको घ्यू समेत भन्न थालेका छन् ।

नेकपा भित्र देखिएको ताण्डव मञ्चनलाई अनिष्ठापूर्ण राजनीतिक यात्रुहरुलाई नपचेको घ्यू जस्तो देखिएको छ । जब सोच्दै नसोचेको राजनीतिक परिदृष्य भित्र राजनीतिकर्मीहरुको परिवेश हुन्छ त्यसबेला राजनीतिक बटुकहरुले गन्तव्य भूल्न जान्छन । गन्तव्य नै भूलेपछि गरिने सबै प्रकारका मञ्चनहरु संस्कारहीन हुनुका साथै परिणाम र परिदृष्यको घेराभन्दा आत्मागत तुष्टि अनि मन भित्रको काल्पनिक उच्छालसँग साक्षात्कार गर्दै निकासहीन बन्दै जाने अवस्था आउँछ भन्ने साहित्यकर्मीहरुको विश्लेषण यतिबेला सही सावित हुँदै गएको अवस्था समेत देखिन्छ । खुमलटार बालुवाटारसँगको राजनीतिक यात्राबाट थाकेको आभास मिलेको छ ।

त्यस्तै बालुवाटार पनि खुमलटारलाई दिएको अहिलेसम्मको महत्वको औचित्य माथि प्रश्न चिन्ह खडा गर्दैछ । अहिलेसम्म देखिएको नेपालको राजनीति बालुवाटार र खुमलटार बीचको उल्झन बनेको यथार्थ नेपाली जनतालाई पटक्कै मन परेको छैन । देशको कार्यकारी अधिकार सम्पन्न बालुवाटार ४।५ जना खुमलटारेहरुलाई रिझाउनमै व्यस्त रहनाले देशको सिंगो राजनीति र जनजीविकाका सवालहरु निरर्थक उल्झनमा पर्न बाध्य छन । झण्डै ६-७ महिनाको अवधि बालुवाटारको निमित्त प्रयत्न बाहेक केही बनेको छैन ।

पछिल्लो समयमा आएका भनिएका विवादहरु विवादका विषय होइनन् भन्ने कुरा खुमलटारबासीलाई प्रष्ट थाहा छ । विवादका लागि विवाद बनाइएको विषयले निकास दिने कुरै भएन । अहिलेको विवादको विषयले निकास दिने कुरै भएन । अहिलेको विवादको निकास भनेको सत्तामा खुमलटार हाबी हुन खोज्नु एक मात्र कारण रहेको कुरा सबैलाई थाहा छ । सत्तामा मात्र हाबी हुन खोज्ने समकक्षीहरुको चाहना पूरा नभएकै कारण बालुवाटारदेखि समकक्षीहरु रिसाएको स्पष्ट बोध हुन गएसँगै अब समकीक्षहरुको इच्छा बमोजिम बालुवाटार नचल्ने भन्ने विचारसँगै विच्किएको नेकपाका वरिष्ठहरु पार्टी फुटाउने होहल्लामा व्यस्त देखिन्छन ।

हुन त नेकपा अहिलेसम्म कानुनी रुपमा बाहेक सांगठनिक रुपमा पार्टी बनेकै छैन । बन्दै नबेको पार्टी के जुट्नु के फुट्नु । तथापी कानुनी रुपमा कहीं न कहीं बन्धनमा बाँधिन पुगेको दुई पार्टीको राजनीतिकर्मीहरु कानुनी प्राविधिक बन्धनसँगै सत्तारोहण गर्न सफल भएको अनि सत्ताको स्वार्थपुरक अभिलाष नै मौलाएको मनोगत महत्वकांक्षी उत्कण्ठाहरुले प्रधानमन्त्री बाहेकका नेताहरुलाई पोल्नसम्म पोलेको वास्तविकतासँगै अब पार्टी एक हुन सकेन भने, त्यसलाई अन्यथा मान्नुपर्ने छैन । तर पार्टी भित्र नै बाँधिनु पर्ने अनेकौं व्यक्तिगत स्वार्थहरुका कारण एक दुई दिनमा पार्टी फुटाउन खोज्नेहरुलाई विदेशी प्रतिक्रियावादीको षडयन्त्र भन्दै दुबै थरिको क्रम जोडिन पुग्यो भने, त्यो पनि अन्यथा मान्नु पर्ने छैन ।

किनभने, जतिसुकै गल्ती आफ्नो भए पनि त्यसलाई ढाकछोप गरि दिने शव्द बनेको छ विदेशी प्रतिक्रियावादी । अब सरकारको नेतृत्वले चार जना नेता होइन, जनता हेर्नु पर्यो, कोरोना संकटलाई पार लगाउनेतर्फ सोच्नु पर्यो, कोरोनाको उपचार गर्न विकासका बजेट कटाएर भएपनि जनताको स्वार्थको निमित्त खर्च गर्ने वातावरण बनाउनु पर्यो, जनता जीवित रहे भने विकास अर्काे वर्ष गरौंला भन्ने सोच बनाउनु पर्यो । कोरोनाका विरामीहरुलाई धनी र गरिब भनी छुट्याउनु व्यवहारिक छैन । स्वास्थ्य क्षेत्रलाई तजबिजको अधिकार दिंदा हुनसम्मको विकृतिहरु फैलिदैछ । सरकार व्यापक रुपमा आलोचित बन्दैछ । विवेकपूर्ण राजनीतिक सुझबुझ भएका नेतागणहरुमा पनि जनचासोको विषयले स्थान पाउनु पर्यो । पार्टी फुटाएर सरकारलाई अल्पमतमा पारेसँगै कार्यगत एकताको नाममा मिलिजुलीको अभ्यासतर्फ कसैले सोच्नु पनि हुँदै ।

सबैले बुझ्नु पर्ने कुरा के हो भने विगतमा पार्टी फुट हुँदा नेताहरु फुटको पक्षमा लागे तर फुटेर जानेलाई जनताले भोट दिएनन् । नेपाली कांग्रेसका देउवा, नेकपा एमालेका वामदेव–सीपी र माओवादीका बाबुराम समूहले नपाएको जनमत यसका पूराना नजिरहरु हुन । अब पनि हुने यही हो । फुटका पात्रहरुलाई जनाले रुचाउने छैनन् । जनता सांगठनिक र बलियो राजनीतिक पार्टीको पक्षमा छन् । देशको नीति निर्माण बलियो राजनीतिक पार्टीबाट मात्र सम्भव छ । बलियो सरकारको आधार पनि बलियो पार्टी नै हो । पार्टी नामको पछाडि व्यक्तिको थर राखेर राजनीति गर्न रुचाउनेहरु अब बासी भइसके ।

राजनीति बासी गुट जस्तो होइन, प्रगतिशील विचार बोक्नेहरु प्रगतिशील हुन सक्नु पनि पर्छ । गल्ती गर्नेहरुले आत्मालोचना पनि गर्न सक्नुपर्छ । इतिहास बनाएका राजनीतिज्ञहरु केटाकेटीको खेलाना जस्तो देखिन हुँदैन । विचारले नेतृत्व गर्नुपर्ने राजनीति गणितीय बाहुबल र स्वार्थै स्वार्थमा डुब्न पुग्दा परिणामरहित हुँदै गएको अहिलेको अवस्थाको सहज अवतरणमा सबैको ध्यान जानु जरुरी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);