कांग्रेस नियमावली विवाद, १८ शुभेच्छुक संस्थाले दिए अलग हुने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस नियमावली विवाद, १८ शुभेच्छुक संस्थाले दिए अलग हुने चेतावनी

nepali congress

काठमाडौं, ५ साउन ।  नेपाली कांग्रेसले तयार गरेको पार्टीको संशोधित नियमावलीका विषयमा पार्टीभित्रै विवाद बढिरहेको बेला शुभेच्छुक संस्थाहरूले समेत असन्तुष्टि जनाएका छन् ।  नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेसको नियमावली २०७६’ माथि पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच समेत मतभेद छ ।  पार्टीभित्रको विवादकै बीच शुभेच्छुक संस्थाहरूले समेत आफ्ना पक्षमा राखिएका प्रावधान सच्याउन माग गरेका छन् । शुभेच्छुक संस्थाहरूलाई पूर्ण रूपमा पार्टीबाटै नियन्त्रण गर्ने उद्देश्यले नियमावलीमा प्रावधान राखिएको भन्दै १८ शुभेच्छुक संस्थाले आपत्ति जनाएका हुन् ।  उनीहरूले पार्टीबाटै नियन्त्रण गर्ने किसिमका व्यवस्था राखिए शुभेच्छुक संस्थाबाट पनि अलग्गिने चेतावनी कांग्रेस नेतृत्वलाई दिएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले भ्रातृ संगठनजस्तो व्यवहारबाट पार्टीलाई नियन्त्रण गर्ने नियतका साथ नियमावलीमा व्यवस्था गरिएकाले आफूहरूले सो व्यवस्था सच्याउन आग्रह गरेको बताए ।

‘हामी भ्रातृ संस्था होइनौं, पार्टीले नियमावलीमा भ्रातृ संस्थाजस्तो गरेर नियन्त्रण गर्ने नियतका साथ प्रावधान राखेर नियमावली बनायो । त्यसमा हाम्रो आपत्ति हो,’ नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष यादवले राजधानीसँग भने ।

ट्रेड युनियन कांग्रेसको पहलमा बसेको प्रजातन्त्रवादी चिकित्सक संघ, डीएलए नेपाल, इन्जिनियर एसोसियसन, शिक्षक संइन्जिनियर एसोसियसनघ, प्राध्यापक संघ, निजामती कर्मचारी युनियन (संघ), प्रेस युनियनलगायत १८ पेसागत शुभेच्छुक संस्थाहरूको संयुक्त बैठकले सो किसिमको प्रावधानलाई सच्याउन लिखित रूपमै आग्रह गरेका छन् । याे समाचार राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);