एक महिनामा लाख पर्यटक नेपाल भित्रिए, खर्च गर्न कन्जुस्याई गर्छन् विदेशी ! | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एक महिनामा लाख पर्यटक नेपाल भित्रिए, खर्च गर्न कन्जुस्याई गर्छन् विदेशी !

काठमाडौं, २७ चैत्र । गत मार्च महिनामा झण्डै एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च २०२३ मा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोडले जनाएको छ । पर्यटकीय केन्द्र रुपमा रहेको काठमाडौँको ठमेलमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ । संख्या बढे पनि खर्च गर्ने सक्ने पर्यटकको कमीले आर्थिक गतिविधिहरु खासै नबढेको व्यवायीहरु बताउँछन् ।

कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै पर्यटक गत मार्च महिनामा नेपाल भित्रिएका छन् । बोर्डका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ को तुलनामा ७८ प्रतिशत सुधार हो । भारत र अमेरिका तथा युरोपबाट आगमनमा सुधार हुँदा समग्र पर्यटनमा सकारात्मक संकेत देखिए पनि मुख्य बजारमा भने आर्थिक क्रियाकलामा आशा गरेअनुसार सुधार हुन सकेको छैन । पर्यटकको संख्या त बढ्यो तर खर्च गर्न सक्ने पर्यटकको भने अभाव देखिएको छ । ठमेलका होटल र ट्र«ेकिङ क्षेत्रलाई केही राहत मिलेपनि खुल्ला बजारमा भने खासै सुधार नदेखिएको व्यवसायीहरु बताउँछन् ।

सन् २०२३ को तीन महिनाको अवधिमा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । जनवरी ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदै गर्दा अप्रिल महिनामा आगमन अझ बढ्ने अनुमान छ । यद्यपि एयरलाइन्सको टिकट दर बढ्नु, धनाढ्य पर्यटकहरुलाई भुलाउन सक्ने वातावरण नहुनु, सुरक्षाको प्रश्नसँगै नेपालका गन्त्व्यहरुको उचित प्रचार प्रसार नहुँदा गुणस्तरीय पर्यटक नेपाल भित्रिन सकेको देखिँदैन् ।

नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रर्वद्धनले महत्वपुर्ण भुमिका छ । जसका लागि नेपाली संख्यात्मक भन्दा पनि गुणस्तरीय पर्यटक भित्रियाउन आवश्यक रणनीति अपाउन जरुरी छ । सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);