कामदारको स्वास्थ्य परीक्षणमा बेस्टीनेटको पुनरागमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कामदारको स्वास्थ्य परीक्षणमा बेस्टीनेटको पुनरागमन

health-check

काठमाडौं, ५ साउन । एक वर्षअघि विवादमा परेको मलेसियाको बेस्टीनेट प्रालिले अदालतबाट सफाई पाएपछि नेपालमा पुनः कामदारको स्वास्थ्य परीक्षणको काम गर्ने भएको छ । तर, यो कम्पनीले स्वास्थ्य परीक्षणमा पनि विशिष्ठिकृत सेवा अर्थात सूचना–प्रविधिसम्बन्धी काम सुरु गर्ने भएको हो ।

एक वर्षअघि नेपाल सरकारले स्वास्थ्य परीक्षणको नाममा चर्को सेवा शुल्क असुलेको जनाउदै सो संस्थाविरुद्ध मुद्दा दायर गरेको थियो । सो कम्पनीले मलेसिया जाने नेपाली युवाको स्वास्थ्य परीक्षणको सूचना प्रणालीमा काम गर्ने जनाए पनि कुन–कुन संस्थामार्फत  गर्ने भन्ने बारे केही जनाएको छैन । नेपाल सरकारले मलेसियाको रोजगारीका लागि युवाको स्वास्थ्य परिक्षण गर्न पहिलो चरणमा ९९ संस्था तोकेपछि उसले नेपालमा पुनः सेवा विस्तार गर्ने जनाएको छ ।

मलेसियाको स्टार अनलाइनले विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस)लाई बेस्टीनेट प्रालीले नेपालमा सञ्चालन गर्ने जनाएको छ । एफडब्लूसीएमएसले रोजगारदाता, म्यानपावर, सरकार र मेडिकल संस्थाको सम्बन्ध स्थापित गर्ने काम गर्दै आएको जनाइए पनि नेपालमा भने स्वास्थ्य परीक्षणको क्षेत्रमा मात्र काम गर्ने जनाएको छ । यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);