गाईलाई सुत्केरी भत्ता ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गाईलाई सुत्केरी भत्ता !

cows

काठमाडौं, ५ साउन । ताप्लेजुङको सिदिङ्मा गाउँपालिकाले गाईको सुत्केरी भत्ता वापत कृषकलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा ५२ वटा गाईको सुत्केरी भत्ता प्रदान गरिएको हो ।

प्रत्येक गाईधनीलाई जनही २० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । “५ हजार औषधिउपचार र १५ हजार गोठ सुधार गर्न दिएका हौं,” अध्यक्ष कडरियाले भने, “भत्ताको उद्देश्य दुग्धजन्य पदार्थमा आत्मनिर्भर गाउँपालिका बनाउनु हो ।”

अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा ५१ वटा गाईको सुत्केरी भत्ता दिएको थियो । गतवर्ष पनि प्रत्येक गाईका लागि २० हजारका दरले नै प्रदान गरिएको उपाध्यक्ष जीवन ताम्लिङले बताए । गाउँपालिकाभित्रका ७ वटै वडाका कृषक कार्यक्रममा लाभान्वित छन् । भत्ता प्राप्त गर्न कम्तिमा २ वटा गाई वा भैंसी पालेको हुनुपर्ने, सुधारिएको गोठ हुनुपर्ने र घाँस व्यवस्थापन गरिएको हुनुपर्ने प्रावधान छ । प्रत्येक गाई वा भैंसीको कम्तीमा दैनिक ७ लिटर दूध हुनुपर्ने प्रावधान राखिएको हो । उपाध्यक्ष ताम्लिङले भने, “२ वटा साधारण गाई-भैंसी देखाएर भत्ता लिए उद्देश्य पुरा हुँदैन । त्यसैले सोचविचार गरेर प्रावधान बनाएका हौं ।”

गाउँपालिका–५ लिम्बुदिनका वडाअध्यक्ष तेजेन्द्र लिम्बूले आफ्नो वडामा डेरी सञ्चालनका लागि पनि अनुदान दिएको बताए । २ वटा डेरीका लागि ५०-५० हजार रुपैयाँ अनुदान दिइएको हो । वडा नं. २ को सादेवा र ३ को आँखोपमा गतवर्ष नै डेरी स्थापना गरिएको छ । गाईको सुत्केरी भत्ता लिएकी वडा नं. ५ की मनुका लिम्बूले कृषि र पशुपालनमा गरिएको लगानीले निरन्तरता पाउनुपर्ने बताइन् । एक गाई र एक भैंसी पालेकी लिम्बुले भनिन्, “भत्ताले गाउँपालिकाप्रति कृषकलाई अपनत्वको भावना जागृत गराएको छ । कृषि र कृषकमुखी बजेट आए व्यक्ति, परिवार र गाउँपालिकाकै समृद्धि हुन्छ ।” यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);