डिसेम्बरसम्म भ्याक्सिन बजारमा ल्याउने चीनको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

डिसेम्बरसम्म भ्याक्सिन बजारमा ल्याउने चीनको दाबी

एजेन्सी, १८ जेठ । चीनले आगामी डिसेम्बरसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन विश्व बजारमा ल्याउने दाबी गरेको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले तयार पारिरहेको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म आउने चीनको दावी छ । पहिलो चरणको परीक्षण सफल भएपछि हाल उक्त भ्याक्सिन २ हजार जनामा परीक्षण गरिएको जनाइएको छ ।

यो सफल भए डिसेम्बरसम्ममा विश्व बजारमा भ्याक्सीन उपलब्ध हुने चीनको विश्वास छ । चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले लेखेको पोष्टमा ढिलोमा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने जानकारी दिइएको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको महामारी ५ महिनादेखि फैलिदा पनि यसको भ्याक्सिन र औषधि तयार नहुदा संसार आक्रान्त भइसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);